January 21, 2022, Friday
२०७८ माघ ७, शुक्रबार

चितवनमा भारतीय ट्रकमा भेटियो २७० केजी गाँजा

चितवनमा भारतीय ट्रकमा भेटियो २७० केजी गाँजा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन। चितवनको राप्ती नगरपालिका–१ मा भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।

गाँजासँगै चालक भारत पुर्वी चम्पाचरण घर भएका पिन्टु कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको थियो।