ताप्लेजुङमा आगलागी हुँदा १५ लाख क्षति

ताप्लेजुङमा आगलागी हुँदा १५ लाख क्षति
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ। फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ। फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो।

राति करीब २ बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब १५ लाखको क्षति भएको गुरुङले बताए। बिजुली जडान नगरिएको निर्माणाधीन पक्की भवनमा रहेको गोदाममा कसरी आगलागी भयो भन्ने खुलेको छैन ।

आगलागी नियन्त्रणका लागि नगरपालिकाको दमकल र प्रहरीको टोली पुगेको थियो । आगो लागेको निकै समयपछि मात्र थाहा भएकाले कुनै पनि सामान निकाल्न नपाइएको गुरुङले बताए।