फेसबुकले कोभिड–१९ को उत्पत्तिको विषयमा विवादित पोष्टहरु नहटाउने

फेसबुकले कोभिड–१९ को उत्पत्तिको विषयमा विवादित पोष्टहरु नहटाउने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले आफ्नो मञ्चमा कोभिड–१९ लाई मानव निर्मित वा यसलाई उत्पादन गरिएको भन्ने दाबी गरिएको पोष्टहरु नहटाउने भएको छ।

कोभिड-१९ भाइरस चीनले बनाएको भाइरस भनेर अमेरिकाले आरोप लगाउदै आएको छ। यी आरोपका विषयमा लेखिएको पोष्ट हटाउने विषयमा चर्चा भइरहेको बेला फेसबुकले नहटाउने बताएको हो।

फेसबुकले कोभिड–१९ को उत्पत्तिलाई लिएर जारी जाँच र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरुसँगको विचार–विमर्शलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो। हालैमात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी खुफिया अधिकारीहरुलाई कोभिड–१९ महामारीको स्रोतको जाँचसँग जोडिएको आफ्नो कोसिसलाई अझ तिव्र बनाउन आदेश दिएका थिए।