नेपाली जमीन फिर्ताबारे भारतसँग वार्ता भईरहेको छः प्रधानमन्त्री ओली

नेपाली जमीन फिर्ताबारे भारतसँग वार्ता भईरहेको छः प्रधानमन्त्री ओली
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली पुर्वको नेपालको जमीन भएकाले सो जमीन फिर्ता ल्याउने बारे भारतसँग गम्भीरताका साथ कुराकानी भइरहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका संवाददाताहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले बर्षौदेखि नेपालको भूमी भारतले प्रयोग गर्दे आएकाले फिर्ता ल्याउनका लागि समय लाग्ने बताए ।

महाकाली नदी पुर्वको जमिन नेपालको भएको र सो जमीनलाई राजनीतिक र प्रशासनिक नक्सामा सामेल गरी संविधानको अनुसूचिमा पनि राखिसकेको उल्लेख गर्दे ती भु-भाग फिर्ता ल्याउनका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिए। सरकारले एक बर्ष अगाडि लिम्पियाधुरा कालापानी र लिपुलेक सहितको नक्सा प्रकाशित गरेको थियो।