वरिष्ठ अधिवक्ताहरुले कानुन व्यवसायी आचारसंहिता विपरीत काम गरेकाले कारबाही माग

काठमाडौं । संवैधानिक इजलासमा बमकुमार श्रेष्ठलाई राखिएकोमा आपत्ति जनाउने वरिष्ठ अधिवक्ता शम्भु थापा, रमणकुमार श्रेष्ठ, मुक्ति प्रधान, टिकाराम भट्टराई, गोविन्द बन्दी लगायतमाथि कानुन व्यवसायी आचारसंहिता लागू हुने भन्दै इजलासमै उनीहरूमाथि कारवाहीको माग उठेको छ।
रिट निवेदन पक्षका वकिलहरूले विहीवार संसद भवनमा विपक्षीलाई कानुनी सल्लाह दिनु आचारसंहिता विपरीत र कारवाहीयोग्य विषय रहेको महान्यायधिवक्ता रमेश बडालले बताए । बडालले भने- कानुन व्यवसायी आचारसंहिताले कुनै पनि वकिलले पक्ष र विपक्ष दुवैको पक्षबाट पैरवी गर्न पाउँदैन । उहाँहरू रिट निवेदक पक्षको वकिल भएर आउने र विपक्षी सभामुखलाई कानुनी सल्लाह दिने कुरा आचारसंहिताविपरीत हो । उहाँहरूले हिजो सभामुखलाई के सल्लाह दिनुभयो ?
कानुन व्यवसायी आचारसंहिता विपरीत गर्ने कानुन व्यवसायीको लाइसेन्स निलम्बनदेखि खारेजीसम्मका कारवाही हुनेतर्फ महान्यायाधिवक्ताले इजलासको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिकृया दिनुहोस्