धनकुटामा जेठ २६ गतेसम्म निषेद्याज्ञा थप, ५१४ जना कोरोनाका सक्रिय संक्रमित

धनकुटामा जेठ २६ गतेसम्म निषेद्याज्ञा थप, ५१४ जना कोरोनाका सक्रिय संक्रमित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। कोरोना भाइरसको संक्रमित बढिरहेपछि धनकुटामा जेठ २६ गतेसम्म निषेद्याज्ञा थप गरिएको छ। धनकुटामा बैशाख २२ गतेदेखि निषेद्याज्ञा रहेको छ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेद्याज्ञा थप गर्ने निर्णय गरेको धनकुटाका प्रमुख जिल्ला अधिकारी बाशुदेव दाहालले बताए।

निषेद्याज्ञामा अत्यावश्यक सवारीहरु एम्बुलेन्स, शववहान, दुधका र सवारी पास भएका गाडी चल्नेछ। यस्तै बजार र पसल पूर्णरुपमा बन्द हुनेछ। सरकारी कार्यालय खुलेपनि वित्तिय संस्था, सर्वजनिकस्थलमा जमघट र भेला निषेद्य गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

धनकुटामा हालसम्म ८१० जनामा कोरोना भाइरस संक्रमित देखिएका छन्। संक्रमितमध्ये २९६ जना निको भएका छन्। १३ जना संक्रमितको मृत्यु भएको छ। हाल ५१४ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये १९ जना आइसोलेसनमा र बाँकीको होम आइसोलेसनमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए।