भूपू गोर्खाको समस्य समाधानका लागि बेलायत सरकार वार्ता गर्न तयार

भूपू गोर्खाको समस्य समाधानका लागि बेलायत सरकार वार्ता गर्न तयार
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ। जवाफमा भूपूगोर्खाको समस्या समाधानका लागि बेलायत सरकार वार्ताका लागि तयार रहेको र नेपालस्थित बेलायती राजदूत र नेपालका परराष्ट्रमन्त्रीसँग निरन्तर कुराकानी भइरहेको उल्लेख छ।

गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली संघ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा संघका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खा सम्बद्ध पाँच संस्थाले संयुक्त पत्र तयार गरी यहाँको रक्षा मन्त्रालयमा पठाइएको थियो। बेलायत सरकारले प्रतिउत्तरमा पठाएको दुई पृष्ठ लामो पत्रमा भूपूगोर्खालाई पेन्सनका रुपमा वार्षिक करीब नेरु २० अर्ब बेलायत सरकारले दिँदै आइरहेको उल्लेख गरिएको छ ।

त्यसैगरी सन् २०१९ मा गोर्खा कल्याणकारी कोष स्थापना गरी कोषबाटै आधारभूत स्वास्थ उपचारका लागि भुक्तानी गरिरहेको समेत बताइएको छ । यसका साथै संवादका लागि नेपालस्थित बेलायती दूतावासमार्फत अघि बढ्न सकिनेसमेत जनाइएको छ ।

साथै पत्रबारे लण्डनस्थित नेपाली दूतावासलाई मौखिक रुपमा जानकारी गराइसकिएको र अब एकदुई दिनमा नेपाल सरकारले छिटोभन्दा छिटो वार्ता टोली खडा गरोस् भनेर नेपाल सरकारको ध्यानाकर्षणका लागि नेपाली दूतावासमार्फत ज्ञापनपत्र बुझाइने बताए।