एमालेले सुदूरपश्चिम सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस

एमालेले सुदूरपश्चिम सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सिफारिस गरेको छ।

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिइ माओवादी सरकारमा सामेल भएकाले निष्कासनको लागि सिफारिस गरेको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए। निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् ।