पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृत्यु

पिलुवा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारीको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सङ्खुवासभा। पिलुवा खोलाले बगाउँदा अरुण भ्याली हाइड्रोपावरका एक कर्मचारीको मृत्यु भएको छ। मादी नगरपालिका–५ मूलपानीका ३० वर्षीय महेश दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए।

हाइड्रोपावरका कर्मचारी दाहाललाई शुक्रबार अपराह्न ३ बजे खोला तर्ने क्रममा पिलुवा खोलाले बगाएर बेपत्ता बनाएको थियो। दाहालको शव आज बिहान ७ बजे घटनास्थलभन्दा एक किलोमिटर तल चैनपुर–७ मा फेला परेको छ।