सिन्धुपाल्चोकका २ स्थानीय सरकार खोप खरीद गर्ने तयारीमा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकका दुईवटा पालिकाले ६० हजार डोज खोप खरीद गर्ने तयारी गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार र हेलम्बु गाउँपालिकाले ३० हजार डोज खोप खरीद गर्ने तयारी गरेका हुन्।
केन्द्रीय सरकारसँग खोपको माग गरेको र उपलब्ध गराउन नसके पालिकाले खरीद गर्न अनुमतिको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
सरकारलाई मागेका छौं। यदी उपलब्ध गराउन नसके खरीदको लागि अनुमति मागेको हुँदा स्वीकृति पाउना साथ खरीद प्रक्रिया अगाडि बढाइने छ । अहिलेको अवस्थामा स्वास्थ्य नै ठूलो कुरा भएकाले आफू जनता बचाउने अभियानमा लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताए।
सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएपछि पालिकाको बैठकले खोप खरीद गर्ने निर्णय गरेको उनीहरुले बताए।

प्रतिकृया दिनुहोस्