सुनकोशीको बेलिब्रिज हटाउने कार्य सुरु, उदयपुरदेखि दिक्तेलसम्म सिधा यातायात सेवा ६ महिनाका लागि बन्द

सुनकोशीको बेलिब्रिज हटाउने कार्य सुरु, उदयपुरदेखि दिक्तेलसम्म सिधा यातायात सेवा ६ महिनाका लागि बन्द
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उदयपुर। रौतामाई गाउँपालिका–५ फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित सुनकोशी नदीमा ६ महिनाअघि जडान गरिएको बेलिब्रिज हटाउन थालिएको छ।

गाईघाट–दिक्तेल सडक कार्यालयकाअनुसार बर्खायाम लागेसँगै सुनकोशी नदीमा पानीको बहाव बढ्दै गएका कारण बेलिब्रिज बगाउने खतरा भएकाले हटाउन सुरु गरिएको सडक कार्यालयका प्रमुख गोपाल खकुरेलले बताए। बेलिब्रिज खोलिएपछि उदयपुरदेखि दिक्तेलसम्म सिधा यातायात सेवा ६ महिनाका लागि बन्द भएको छ।

अहिलेसम्म पनि सुनकोशी नदीमा स्थायी पुल निर्माण हुन नसक्दा वर्षेनि हिउँदमा बेलिब्रिज जडान गरेर छ महिना गाईघाट–दिक्तेल खण्डमा यातायातका साधन पुनः सञ्चालन हुँदै आएका छन् भने बेलिब्रिज खोलेपछि वर्षायाममा छ महिना यातायात पुनः बन्द हुँदै आएको हिमाली यातायात व्यवसायी सङ्घका संयोजक परमेश्वर घिमिरेले बताए।