May 26, 2022, Thursday
२०७९ जेष्ठ १२, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

राष्ट्रपति भण्डारीले कोरोना खोप माग्दै रुसी समकक्षी पुटिनलाई लेखिन् पत्र

राष्ट्रपति भण्डारीले कोरोना खोप माग्दै रुसी समकक्षी पुटिनलाई लेखिन् पत्र
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले रुसमा निर्मित कोरोना खोप ‘स्पुतनिक भी’ उपलब्ध गराइदिन अनुरोध गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार पत्र पठाएकी छिन्।

उनको पत्र परराष्ट्र मन्त्रालयमार्फत मस्कोस्थित नेपाली दूतावास हुँदै रुसी विदेश मन्त्रालयले राष्ट्रपति पुटिन समक्ष पुग्नेछ। “कूटनीतिक तहमा केही छलफल भएपछि खोप माग गर्दै राष्ट्रपति ज्यूले रुसी राष्ट्रपतिलाई पत्र लेख्नु भएको हो,” राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए।