हिमाल आरोहणमा गएका तीन जनाको मृत्यु, शव उद्दार गरी लगियो

हिमाल आरोहणमा गएका तीन जनाको मृत्यु, शव उद्दार गरी लगियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक आरोहीको शव उद्धार गरी काठमाडौं ल्याइएको छ। सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका अमेरिकी नागरिकको शव उद्धार गरी आज काठमाडौं लगिएको प्रहरीले जनाएको छ। सगरमाथा आरोहणमा जानेक्रममा गत वैशाख २९ गते साँझ करीब ६ बजे चौथो शिविरमा ५४ वर्षीय पुवई लिउको लडेर मृत्यु भएको थियो।

यस्तै दुई वर्षअघि मृत्यु भएका एक अमेरीकन नागरिकको पनि शव परीक्षणका लागि काठमाडौं लगिएको छ। हिमाल सफाइ अभियानका क्रममा दुई वर्षअघिको शव भेटिएपछि उद्धार गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

सगरमाथा आरोहण शुरु भएपछि यस वर्षको वसन्तयाममा एक क्लाइम्बिङ गाइडसहित तीन जनाको मृत्यु भएको छ । स्वीटजरल्याण्डका नागरिक अब्दुल वारिचको पनि गत वैशाख २९ गते आरोहण सकेर फर्कने क्रममा सेभेन साउथमा मृत्यु भएको थियो । यही जेठ ४ गते सङ्खुवासभा घर भएका अन्दाजी २७ वर्षीय टासी शेर्पाको शिविर एक र दुईको खर्पासमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।