वैदेशिक रोजगारीमा नेपाली महिलाको आकर्षण, दुई लाखभन्दा बढी महिला विदेशमा

काठमाडौं। नेपालबाट हालसम्म वैधानिक तरिकाले २ लाख १८ हजार ४२६ जना महिला वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार नेपाली महिला कामदार सबैभन्दा बढी गएका राष्ट्रमा क्रमशः युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, मलेसिया, कतार, दक्षिण कोरिया गरी बाह्र देश छन्।
कूल वैदेशिक रोजगारीमा गएका महिलामध्ये यी १२ देशमा मात्र १ लाख ८७ हजार ७३० जना गएका छन्। नेपालबाट वैधानिक तरिकाले सबैभन्दा बढी महिला कामदार युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन्। युएईमा हालसम्म ६२ हजार ४०३ जना महिला पुगेका छन्।
यस्तै, कुवेतमा ४२ हजार ४०३, कतारमा १८ हजार १६५, लेबनानमा ११ हजा ५४१, साउदी अरबमा ७ हजार ६८४, ओमानमा ५ हजार ७४५, बहराइनमा ४ हजार ६५५ र इजरायलमा ४ हजार ४२२ जना महिला गएको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका ५४५ जनाको मृत्यु
वैदेशिक रोजगार बोर्डको सचिवालयले २०७७ साउनदेखि फागुनसम्मको अवधिमा ५४५ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा ५३४ जना पुरुष र ११ जना महिला रहेका छन्।
सबैभन्दा बढीको मृत्यु मलेसिया, कतार, युएई, साउदी अरब, कुवेतलगायतका देशमा भएको छ। सडक दुर्घटना, आत्महत्या, दृदयघात र अन्य रोग कारण उनीहरुको मृत्यु भएको हो।

प्रतिकृया दिनुहोस्