May 13, 2022, Friday
२०७९ बैशाख ३१, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित, बिबाद भएपछि दुई न्यायधीसको इजालसबाट बाहिरिने घोषणा

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित, बिबाद भएपछि दुई न्यायधीसको इजालसबाट बाहिरिने घोषणा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ । संबैधानिक इजालस गठन प्रक्रियामा बिबाद देखा परेपछि आजै सर्वोच्च अदालत र बार एशोसियसनबीच नियमावली संशोधन गरेर बरिष्ठताका आधारमा चयन गर्ने भएपछि सुनवाई २३ गतेसम्म स्थगित भएको हो।

२८ वटा रिटको सुनुवाई भइरहेको बेला बरिष्ठ अधिबक्ताहरुले न्यायधीसहरुको बरिष्ठताको विषयमा प्रश्न उठाएपछि सैंवैधानिक इजालसमा बिबाद सिर्जना भएको थियो। न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजालसबाट हटाउने माग गरेपछि बिबाद बढेको थियो ।

संवैधानिक इजालसबाट दुई न्यायधीसले बाहिरिने घोषणा

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा बिबाद बढेपछि न्यायाधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईद्वारा इजलासबाट बाहिरिने घोषणा गरेका छन्।

संबैधानिक इजालसमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरने निर्णय गरेपछि आफ्नो फरक मत राख्दै इजलासमा बाहिरिने घोषणा गरेका हुन्। दुई न्यायधीस बाहिरिने घोषणा गरे लगत्तै संवैधानिक इजालस थप बिबादमा परेको छ।