धरानमा ५८ वर्षीया महिला बलात्कृत

धरानमा ५८ वर्षीया महिला बलात्कृत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुनसरी। सुनसरीको धरानमा ५८ वर्षीया महिला बलात्कत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–११ चाँदनी चोक बस्ने ३५ वर्षीय बलबहादुर थापालाई मंगलबार दिउँसो पक्राउ गरेको छ।

थापाले ती महिलालाई उनकै घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।