काठमाडौंमा बोरिङ गर्दा ग्याँस निस्कियो

काठमाडौंमा बोरिङ गर्दा ग्याँस निस्कियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित काँडाघारीमा पानी निकाल्न बोरिङ गर्दा प्रज्ज्वलनशील ग्याँस निस्किएको छ।

बोरिङ गर्दैगर्दा ग्याँसको गन्ध आएपछि लाइटर बाल्दा ग्याँस बलेको स्थानीयले बताएका छन्। स्थानीय रमेश तिवारीको जग्गामा बोरिङ गर्दा सो प्रज्वलनशील ग्याँस निस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्।