लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मन्त्रालय स्थानान्तरको तयारी, देउखुरीमा पूर्वाधार निमार्णको काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मन्त्रालय स्थानान्तरको तयारी, देउखुरीमा पूर्वाधार निमार्णको काम सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल। लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा पहिलो चरणमा तीन महत्वपूर्ण मन्त्रालय स्थानान्तरण गर्ने तयारी थालिएको छ।

ग्रामीण तथा शहरी विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थानान्तरण गर्न थालिएको ग्रामीण तथा शहरी विकासमन्त्री हरिप्रसाद रिजालले बताए।

राजधानी सार्नको लागि स्थायी राजधानी देउखुरीमा पूर्वाधार निमार्णको काम सुरु गरिएको छ। प्रदेशसभा बैठक सञ्चालनका लागि सभाहल निर्माणको काम सुरु गरिएको हो।

सभाहल निर्माणका लागि पाँच करोड २१ लाखको लागतमा सुविधा सम्पन्न सभाहल निर्माणको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले बताए। अस्थायी राजधानी बुटवलमा रहेका मन्त्रालय,निर्देशनालय तथा अन्य कार्यालय स्थायी राजधानीमा स्थानान्तरणको योजना छ।रासस