कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

रोल्पा। रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन्। गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन्।
गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले बताए।

प्रतिकृया दिनुहोस्