ब्राउन सुगरसहित चार पक्राउ

ब्राउन सुगरसहित चार पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले ब्राउन सुगरसहित चार जनालाई वीरेन्द्रनगर सुर्खेतबाट पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत गोदामलाइनस्थित सञ्चालनमा रहेको मिलन रेस्टुरेन्टबाट होटल सञ्चालक महिलासहित चार व्यक्तिलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ८१ पुरिया ब्राउन सुगरसहित शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा होटल सञ्चालक महिला विष्णुदेवी शाही, शाही, गौरव क्षेत्री र प्रदीप खत्री रहेका छन्।