लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर। लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार एक जना भारतीय नगारिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका-१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यका २१ बर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो। चन्दले चढेको भारतीय युके०६एइ९७५८ नंको मोटरसाइकलसमेत बरामद गरेको छ।