लागुऔषधसहित ४ पक्राउ

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको कञ्चनपुरका डिएसपीअमरबहादुर थापा क्षेत्रीले बताए। दुवै जनाले प्रयोग गरेको सुप प्रदेश०२००३प ३८०० नंको मोटरसाइकलसमेत बरामद गरिएको छ।
पुनर्वास नगरपालिका-६ का मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका-४ का तेज विकलाई पनि लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित पक्राउ गरिएको छ।

प्रतिकृया दिनुहोस्