June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

राउटे महिलालाई यौन दुर्व्यवहार गर्ने ३ जना पक्राउ

राउटे महिलालाई यौन दुर्व्यवहार गर्ने ३ जना पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत। सुर्खेतमा राउटे समुदायका २ महिला माथि यौन दुर्व्यवहार भएको छ। यौन दुर्व्यवहार गरेको आरोपमा ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा गुर्भाकोट नगरपालिका–९ हल्के बस्ने चुमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन पुनमगर रहेका छन्।

उनीहरुले सोही नगरपालिका–११ स्थित शुभकामना होटलमा दुई महिलालाई यौन दुर्व्यवहार गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीले जनाएको छ।