महिलालाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने होटल सञ्चालक पक्राउ

महिलालाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने होटल सञ्चालक पक्राउ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली। मावन बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा गोदावरी नगरपालिका–२ अत्तरियास्थित मिट प्वाईन्ट होटलका सञ्चालक दानबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ।

साउदले उक्त होटलमा काम लगाइदिने बहानामा २ जना महिलालाई जेठ ९ देखि १९ गतेसम्म होटलमा राखी अनैतिक क्रियाकलाप तथा शारीरिक सम्पर्क गर्न लगाएको प्रहरीले जनाएको छ। उनीविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।