प्रदेश १ को आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश प्रस्ताव पारित गर्दै भोलिसम्म बैठक स्थगित

प्रदेश १ को आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश प्रस्ताव पारित गर्दै भोलिसम्म बैठक स्थगित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रदेश १ को आज बसेको बजेट अधिवेशनको बैठकका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले प्रस्तुत गरेको प्रदेश आर्थिक कार्यविधि ऐनको संशोधन अध्यादेश प्रस्ताव बहुमतले पारित भएको छ।

प्रदेश प्रमुखले जेठ १९ गते जारी गरेको अध्यादेशलाई आजको प्रदेशसभा बैठकले पारित परेको हो। यो अध्यदेश पारित भएपछि प्रदेश आर्थिक कार्यविधि ऐनको दफा ९ को उपदफा १ र २ संशोधन भएको छ।

प्रदेश १ को बजेट अधिवेशनको बैठक भोलि १२:३० बजे पुन: बस्ने भएको छ। आजको बैठकमा दलका नेताहरुले बोलेका थिए। भोलिको बैठकमा प्रदेश सरकारले बजेट सम्बन्धि नीति तथा कार्यक्रममा छलफल हुने सभामुख प्रदीप भण्डारीले जानकारी दिए।