साँगुरीगढी गाउँपालिकाद्वारा कोरोना संक्रमणबाट मृत्यु भएका परिवार र संक्रमितलाई आर्थिक सहयोग

साँगुरीगढी गाउँपालिकाद्वारा कोरोना संक्रमणबाट मृत्यु भएका परिवार र संक्रमितलाई आर्थिक सहयोग
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिकाले कोरोना संक्रमणको कारण ज्यान गुमाएको परिवारलाई किरियाखर्च र संक्रमितलाई उपचार खर्च दिने भएको छ।

गाउँ कार्यपालिकाको जेठ २१ गते बसेको बैठक मृतकका परिवारलाई २० हजार र संक्रमितलाई उपचार खर्च ५ हजार दिने निर्णय भएको गाउँ कार्यपालिका सदस्य बालकृष्ण राईले बताए।

साँगुरीगढी गाउँपालिकामा कोरोना संक्रमणको कारण हालसम्म दुईजनाको मृत्यु भएको छ भने करिब एकसय जना संक्रमित रहेका छन्।

यसअघि साँगुरीगढी गाउँपालिकाले कोरोना संक्रमितको घरमै पुगेर निशुल्क औषधि वितरण गरेको थियो। यो कार्य अझै निरन्तर रहेको उपाध्यक्ष बिन्द्रा राईले बताइन्।