काठमाडौं महानगरको सबै वडामा आजदेखि खोप अभियान सुरु

काठमाडौं महानगरको सबै वडामा आजदेखि खोप अभियान सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ बर्ष उमेरसमूहका करीब १ लाख नागरिकलाई कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन थालेको बताए।

महानगरपालिकाको व्यवस्थापनमा ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ। नेपाल सरकारसँग समन्वय गरेर महानगरपालिकाको व्यवस्थापनमा सुरु गरेको यो खोप अभियान एक लाखलाई दिने लक्ष्य रहेको छ।

खोप लगाउन ५ उमेर समूह विभाजन

महानगरपालिकाले ५ वटा उमेर समूहलाई फरकफरक दिन खोप लगाउने व्यवस्था गरेको छ। भीडभाड कम गर्न पाँच समूह विभाजन गरी खोप अभियान सञ्चालन गरेको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले बताए।

उनकाअनुसार आज ६४ बर्षका,२६ गते ६३ बर्षका, २७ गते ६२ बर्षका, २८ गते ६१ बर्षका र २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप लगाउने योजना छ। खोप लगाउन उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानु पर्नेछ।