सहिदभूमी गाउँपालिकाले कोरोनाले ज्यान गुमाएका परिवारलाई २० हजार दिने, घरै पुर्‍याए औषधि र स्वास्थ्य सामग्री

सहिदभूमी गाउँपालिकाले कोरोनाले ज्यान गुमाएका परिवारलाई २० हजार दिने, घरै पुर्‍याए औषधि र स्वास्थ्य सामग्री
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। सहिदभूमि गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। हालसम्म एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

कोरोना संक्रमणबाट जोगाउन करिब ४ हजार घरलाई मास्क,स्यानिटाइजर र साबुन वितरण गरेको छ। हरेक घरलाई १५ वटा मस्क, एउटा स्यानिटाइजर र एकवटा साबुन दिएको अध्यक्ष राईले बताए। जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरेको हो।

त्यस्तै यस्तै विरामीलाई औषधि वितरण गर्ने कार्य निरन्तर रहेको बताइएको छ। निमोनिया, झाडापखला, ज्वरो र भिटामिन वितरण भइरहेको छ। यो गाउँपालिकामा करिब १५० जना कोरोना संक्रमित रहेका छन्।