मुख्यमन्त्री कार्यालय अगाडी बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु

मुख्यमन्त्री कार्यालय अगाडी बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर। मंगलबार प्रदेश १ का मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको राजु ढकालको मृत्यु भएको छ।

उनलाई बरगाछी प्रहरी चौकीको टोलीले ढकाललाई उद्धार गरि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुर्‍याएको थियो। अस्पताल पुर्‍याउने बित्तिक्कै चिकित्सकले वित्तिकै मृत्त गरिएको थियो। मृतक उदयपुरको बेलका नगरपालिका निवासी हुन्।

उनलाई गाडीको सबै सिसा बन्द गरी सिटमा सुतिरहेको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका एस.पी सन्तोष खड्काले बताए।