पिकअप दुर्घटनामा २ जनाको मृत्यु

पिकअप दुर्घटनामा २ जनाको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर। पाँचथरको हिलिहाङ गाँउपालिका ६ टारी नजिकै मंगलबार पिकअफ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा पाथीभरा याङवरक गाउँपालिकाका चालक मिलन बिष्ट र सोही गाउँपालिका घर भएकी सीता अधिकारीको मृत्यु भएको हो।

झापाबाट खाद्यान्न सामग्री लिएर ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका थेचम्बु जाँदै गरेको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ।