माधव नेपालको गतिविधि पार्टी विभाजनको पक्षमा देखियो- एमाले प्रवक्ता प्रदीप ज्ञवाली

१. पार्टी एकताको लागि प्रधानमन्त्री कदम के हो ?
स्वभाविक र हदैसम्मको लचक्तासहितको कदम हो। पार्टी विभाजनले निराश भएका कार्यकर्ता र मतदातालाई उत्साह थप्ने र एकताको लागि बलियो आधार हो। चौतर्फी घेराबन्दी भइरहेको बेला पार्टी अध्यक्षले गर्नुभएको आव्हानले सकारात्मक सन्देस दिएको छ। एकता नै गर्न नचाहनेका लागि त जे बाहाना बनाए पनि भयो। साथीहरुको मागअनुसार जेठ ३ मा अगाडि फर्कनु भएको छ।
२. पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेकै हो त?
यो आव्हानलाई पछि हटेको भन्न मिल्दैन। पार्टी र संगठनप्रतिको जिम्मेवारीवोध थप प्रकट भएको सन्देस हो। एमालेलाई एकताबद्ध बनाउन ढोका खुल्ला गर्नु भएको हो। अहिले पार्टी एकताको लागि खेलेको सिर्जनात्मक भूमिकाको रुपमा बुझ्नुपर्छ।
३. अध्यक्ष ओली एकताको कदमलाई मजाक बनाइयो नि?
हो। हिजो नेकपा हुँदा घरघर पुगेर एकताको लागि गरेको प्रयास र फागुन २३ गतेपछि पनि एकता जोगाउन पहल गर्नु भयो । यसलाई प्रचण्ड र माधव नेपालले मजाकको रुपमा लिनु भयो। पटकपटक वार्ता र छलफल गरेपनि उहाँहरुले गलत बुझ्नु भयो। पछिल्लोसमयमा माधव नेपालले बुझ्नु भएन।
४. माधव नेपाल पक्षको बक्तव्यलाई कसरी लिनु भएको छ ?
पार्टी अध्यक्षले एकताको आव्हान गरेपछि उहाँहरुले पनि हिजो बक्तव्य जारी गर्नु भएको रहेछ। यो बक्तव्यले मुलत: पार्टी एकताको लागि अखेटा थाप्ने काम भएको छ। उहाँहरु उठाएका विषयहरु शंका र आग्रहले भरिएको छ। यस्तो बुझाइ र विचारले एकताको बाटोमा अवरोध पुग्छ।
५. के माधव नेपालहरु एमालेबाट अलग हुनै खोजेका हुन्?
अलग हुनको लागि प्रयास गरेको बुझ्न सकिन्छ। सहमतिको लागि उहाँहरु माग सम्बोधन गर्न पार्टी अध्यक्षबाट सार्वजनिक आव्हान भएपनि सकारात्मक देखिएन। विपक्षी दलका नेतासँग भेटघाट र साँठगाँठ गरिरहनु भएको छ। यी गतिविधिले उहाँहरुको माग सबै पुरा गरेपनि पार्टी विभाजनकै लागि प्रयास गरेको बुझिन्छ।
६. माधव नेपाल पक्ष एकतामा नआए के हुन्छ ?
हामीले हिजोमात्रै बक्तव्य जारी गरेका छौं। सकारात्मक प्रतिक्रियाहरु आइरहेकाले नकरात्मक टिप्पणी नगरौं। सबैले बुझ्नुपर्छ, आन्दोलन निरन्तर अगाडि बढिरहन्छ। व्यक्ति आउने जाने भइरहन्छ। कोही साथीहरु छुटेपनि आन्दोलन रोकिने होइन। तर छुट्नु हुँदैन भन्ने प्रयास छ। कुण्ठ र आग्रहपूर्वाग्रह राखेर छुट्नै चाहनु भयो भने नोक्सान उहाँहरुलाई नै हुने हो।
७. एकतामा आउनेलाई के जिम्मेवारी हुन्छ ?
कामको जिम्मेवारी छलफल गरेर टुग्याउन सकिन्छ। बसेर छलफल गर्न गर्न सकिन्छ। कार्यविभाजन भनेको सामन्य कुरा हो। यो क्षणक्षणमा परिवर्तन भइरहन्छ। जिम्मेवारीमा समस्या हँदैन।
८. एकतामा आउने सम्भावना कतिको देख्नु हुन्छ ?
केही साथीहरु सारै धेरै पर पुग्नु भएको छ। उहाँहरुको अभिव्यक्ति,आशय र क्रियाकलपले मानसिक रुपमा एमालेबाट अलग भइसकेको देखिन्छ। तर थुप्रै साथीहरु जेठ ३ अगाडिको अवस्थामा पार्टीमै फर्किन्छौ भन्नु भएको छ। त्यसकारण कम्युनिस्ट आन्दोलन पार्टीप्रति चिन्तित र संवेदनसिल साथीहरु एकतामा फर्किनु हुन्छ भन्ने विश्वास छ।

प्रतिकृया दिनुहोस्