गण्डकी प्रदेशमा जोगिन्छन् त मुख्यमन्त्री गुरुङ?

गण्डकी प्रदेशमा जोगिन्छन् त मुख्यमन्त्री गुरुङ?
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन्। आज १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

गुरुङले वैशाख २९ गते संसदमा ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए। कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ।

सांसदहरुको जोड घटाउ के छ?

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्नका लागि ३१ जना सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्रीको दल एमालेका २८ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ सांसद गरी ३२ सांसद विपक्षमा छन् ।

तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेका विपक्षीको पक्षमा ३० सांसद छन् ।