काठमाडौं महानगरपालिकाले सुरु गरेको खोप अभियानमा दुई दिनमा १८ हजार पाँच सय बढीले खोप लगाए

काठमाडौं महानगरपालिकाले सुरु गरेको खोप अभियानमा दुई दिनमा १८ हजार पाँच सय बढीले खोप लगाए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। काठमाडौं महानगर क्षेत्रभित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा १८ हजार ११३ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।

खोप अभियानको पहिलो दिन ८ हजार ७४७ र दोस्रो दिन ९ हजार ३६६ जना सहभागी भएको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। यो अभियानमा १ लाख जनालाई खोप लगाउने योजना महानगरपालिकाको रहेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भैरहको छ।

“कोभिडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन, सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी हुन आग्रह गर्छु। खोप लगाइ सकेका नागरिकले छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन आग्रह गर्छु,” मेयर शाक्यले भने।