June 21, 2021, Monday
२०७८ असार ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

प्रदेश २ को नीति तथा कार्यक्रम : बेटी पढाउ, बेटी बचाउ’,’जहाँ सडक, त्यही विकास’

प्रदेश २ को नीति तथा कार्यक्रम : बेटी पढाउ, बेटी बचाउ’,’जहाँ सडक, त्यही विकास’
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा। प्रदेश २ सरकारले चुरे संरक्षणको लागि विशेष कार्यक्रम ल्याउने घोषणा गरेको छ। प्रदेश सरकारले आज सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा चुरे संरक्षणको लागि विशेष सहयोगको घोषणा गर्दै स्थानीय तह, संघीय सरकारसँग समन्वय गर्ने बताइएको छ। सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश झाले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘बेटी पढाउ, बेटी बचाउ’,’जहाँ सडक, त्यही विकास’ लगायतका कार्यक्रम रहेका छन्।

प्रदेश २ मा ‘एक जिल्ला एक पर्यटन केन्द्र’ बनाउने

सरकारले पर्यटन क्षेत्रको विकासको लागि ‘एक जिल्ला एक पर्यटन केन्द्र’ बनाउने नीति लिएको छ। आठवटै जिल्लाका पर्यटकीय गन्तब्यको जानकारी दिन र पर्यटकीय क्षेत्रको प्रचार गर्न पर्यटन केन्द्र स्थापना गर्ने आज प्रस्तत नीति कार्यक्रममा उल्लेख छ। प्रदेशका प्रमुख पर्यटकीय क्षेत्रमा पूर्वधार निर्माण गर्ने र नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रचार गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्य पुर्वाधारमा जोड

मुख्यमन्त्री स्वच्छता अभियानलाई व्यापकता दिँदै मुख्यमन्त्री स्वच्छता अभियान प्राधिकरण गठन गर्ने नीति कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, स्वास्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेको छ ।कोरोना जोखिम न्युनिकरण गर्न जनकपुर स्थित मणिपाल अस्पतालको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने र कोभिड आपतकालीन सेन्टर स्थापना गर्ने कार्यक्रममा उल्लेख छ ।

कृषिमा विशेष जोड दिने प्रदेश २ सरकारको नीति

कृषि क्षेत्रको विकासको लागि साना मझौला सिंचाईलाई प्राथमिकता दिएको छ। कृषि विमा, कृषि सडक, कृषि विद्युतीकरण, कृषि सिंचाई, कृषिको मझौंला उद्योगको कर राजस्वमा छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने योजना आगामी बर्षको नीति तथा कार्यक्रमा समेटेको छ।

प्रदेश भाषा, कला तथा संस्कृति प्रतिष्ठान स्थापना

मधेश र मधेशी केन्द्रीत पहिचान र सम्मान वृद्धिका कार्यक्रमहरु सञ्ंचालन गरिने, विभिन्न जातीय तथा सामुदायिक पहिचानलाई संरक्षण गर्न ‘प्रदेश भाषा, कला तथा संस्कृति प्रतिष्ठान’ स्थापना गरिने , प्रदेश भित्रका मौलिक सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागि प्रादेशिक संग्रहालयका स्थापना गरिने भएको छ।