पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

काठमाडौं। नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
वर्षा हुन थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षा हुनेछ। “मनसुनको निगरानी गरिरहेका छौं, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ,” पौडेलले भने।
मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ ।
सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकाही केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र मध्ये पछिल्लो २४ घण्टामा १०८ केन्द्रमा वर्षा भएको छ। उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ।

प्रतिकृया दिनुहोस्