सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त

काठमाडौं। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको ३४५औं बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो।
गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ पोखरेललाई सिइओ नियुक्त भएका हुन्। सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ।रासस

प्रतिकृया दिनुहोस्