चीनको सीमा जोड्ने दार्चुला-तिंकर सडक सर्वेक्षण सम्पन्न, महाकाली करिडोरलाई ३ अर्ब बजेट

चीनको सीमा जोड्ने दार्चुला-तिंकर सडक सर्वेक्षण सम्पन्न, महाकाली करिडोरलाई ३ अर्ब बजेट
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। दार्चुला-तिंकर सडकअन्तर्गत ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ।

व्याँस गाउँपालिका-२ को कोठेधारदेखि नेपाल-चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम ३५ दिनमा सकिएको परामर्शदाता कम्पनी प्यारागन ग्रिड नेपाल जेभीका इञ्जीनियर सुशील देवकोटाले बताए। नेपाली सेनाले निर्माण गर्ने यो सडकको डिपीआर प्रतिवेदन दुई महिनामा तयार हुने इञ्जीनियर देवकोटाले बताए।

महाकाली लोकमार्गको लागि ३ अर्ब बजेट

सरकारले महाकाली लोकमार्ग निर्माणको लागि आगामी आर्थिक वर्षमा एक अर्ब तीन करोड बजेट विनियोजन गरेको छ। विनियोजित बजेट महाकाली लोकमार्ग र दार्चुला-तिंकर सडक योजनामा खर्च गरिने नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेललेले बताए। महाकाली लोकमार्गको कुल लम्बाइ ४२५ किलोमिटर रहेको छ। यसमा दार्चुला-तिंकर सडक १३४ किलोमिटर रहेको छ। रासस