May 15, 2022, Sunday
२०७९ जेष्ठ १, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो

पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा। धनुषाको मुखियापट्टी मुसहरनिया-६ मा आज शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर ज्यान गएको छ।

मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्द्राकुमारी भगत, १३ वर्षीया मन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललिता ठाकुर रहेको प्रहरीले जनाएको छ।

स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।