कोरोना संक्रमितलाई घरमै औषधि पुर्‍याउदै चौबिसे गाउँपालिका

कोरोना संक्रमितलाई घरमै औषधि पुर्‍याउदै चौबिसे गाउँपालिका
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। चौबिसे गाउँपालिकाले कोरोना संक्रमित विरामीलाई घरमै पुगेर औषधि र स्वास्थ्य सामाग्री वितरण गरेको छ। होम आइसोलेसनमा बसेका विरामीलाई ज्वरो, निमोनिया, झाडापखाला र भिटामिन वितरण गरेको गाउँपालिकाकी उपाध्यक्ष यज्ञकुमारी रुचालले बताइन्।

त्यस्तै मास्क, सेनिटाइजर र साबुनसमेत वितरण गरेको बताइएको छ। त्यस्तै कोरोना संक्रमण भइ अस्पताल बस्नु परेका विरामीलाई कार्यविधि बनाएर २० हजार दिने तयारी रहेको उपाध्यक्ष रुचालले बताइन्। चौबिसेमा ५८ जना कोरोना संक्रमित रहेका छन्। त्यस्तै गाउँपालिकाले कोरोना परीक्षणसमेत गराउन थालेको छ।