श्रीमतीलाई मर्स्याङदी नदीमा फाल्ने पक्राउ

गोरखा। श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङदी नदीमा फालेको आरोपमा पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ।
कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।
गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालअनुसार ओडारमा बस्दै आएका कामीले श्रीमतीको मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको परेर फालेको बताएका छन्।

प्रतिकृया दिनुहोस्