राउटे युवतीलाई गरिएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश

काठमाडौं। जिल्ला अदालत सुर्खेतले राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यले यौन दुर्व्यवहारको भिडियो युट्युबबाट हटाउन आदेश दिएका हुन्।
आदेशमा भिडियो नहटाउने साइट तत्काल बन्द गर्न समेत भनिएको छ। जेठ २३ गते यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि सुर्खेत प्रहरीले आरोपित गुर्भाकोट नगरपालिका(९, बोटेचौर सुर्खेतस्थित होटल सञ्चालक २९ वर्षीय विनोद पुन, स्थानीय ३५ वर्षीय दोमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको छ।
‘संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारबाही गर्न तथा त्यस्ता साइटहरु आवश्यकता अनुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार मन्त्रालयलाई समेत अनुरोध गर्नेबारे लेखी पठाउनू,’ आदेशमा भनिएको छ । आदेशमा भिडियो नहटाउने साइट तत्काल बन्द गर्न समेत भनिएको छ ।
पीडित युवती असुरक्षित रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले ध्यानाकर्षण गराएको अदालतले जनाएको छ । अदालतले पीडित युवतीको सुरक्षामा ध्यान दिन सुर्खेत प्रहरीलाई आदेश समेत दिएको छ ।

प्रतिकृया दिनुहोस्