राप्ती प्रादेशिक अस्पतालमा लक्षित समुदायले एकलाख बराबारको नि:शुल्क उपचार पाउने

दाङ। राप्ती प्रादेशिक अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाइमार्फत सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख बराबारको औषधि उपचार निःशुल्क गर्न पाउने भएका छन्।
पहिलोपटक लक्षित समूहले आकस्मिक अवस्थामा ५ हजार,ओपिडीमा दुई हजार ५०० र भर्ना भएमा १० हजारसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ। सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलकाअनुसार गरीब,असहाय, अपाङ्ग,हिंसापीडित, प्रकृतिक प्रकोप पीडित,सीमान्तकृत तथा लोपोन्मुख, जातिले यो सेवा पाउँनेछन।
तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको मुद्दा अहिले पूरा भएको बताए । सो एकाइको उद्घाटन गर्दै उनले ज्येष्ठ नगारिक, शहीद परिवार र जनयुद्धका घाइतेलाई अब एक लाखसम्मको उपचारमा कुनै समस्या नपर्ने र यसको सहजताका लागि उपमहानगरपालिकाका तर्फबाट १० लाख उपलब्ध गराउने घोषणा गरे। यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।

प्रतिकृया दिनुहोस्