पाँचथरमा सेवा निवृत भारतीय सेनाको हत्या

पाँचथरमा सेवा निवृत भारतीय सेनाको हत्या
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पाँचथर। फिदिम नगरपालिका-४ जोरसालमा ८० वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गएराती हत्या भएको छ। लिम्बूको टाउको र शरीरका विभिन्न ठाउँमामा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ।

घरमा लिम्बूका वृद्ध दम्पत्ति मात्रै बस्दै आएका थिए। मृतक लिम्बू सेवानिवृत्त भारतीय सैनिक हुन्। गत बिहीबार मात्रै उनले निवृत्तिभरणको रकम बैंकबाट बुझेका स्थानीयले बताएका छन्। सोही रकम लुटपाटका लागि उनको हत्या भएको हुनसक्ने स्थानीयले बताएका छन्।