बोलेरो दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

गाइघाट। उदयपुरको ताप्ली गाउँपालिका – ४ मा बा१८च१५६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। गएराती भएको दुर्घटनामा दुधौली नगरपालिका-१० सिन्धुलीका ६० बर्षिय इन्द्रबहादुर विश्वकर्माको मृत्यु भएको छ।
चालक डाकनारायण श्रेष्ठ, झगरबहादुर सार्की र डम्बरबहादुर तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। जिप सडकभन्दा करिब २ सय मिटर तल झरेको थियो।

प्रतिकृया दिनुहोस्