लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल। लुम्बिनी प्रदेशमा सरकारले पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आईतबारको प्रदेशसभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सरकारको नीति तथा कार्यक्रम पारित गरियोस भनी राखेको प्रस्तावमा बहुमत सदस्यले हात उठाएर समर्थ जनाए। यसपछि घर्तिले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री पोखरेललाई राहत

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई राहत मिलेको छ। विपक्षी गठबन्धनले आफूहरूको बहुमत हुँदा हुँदै मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै विरोध गर्दै आएका थिए ।

यस अघि २७ गतेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रममा प्रतिपक्षीका सचेतक बाहेक अन्य सदस्य अनुपस्थित रहेपनि सभामा कुल संङख्याको बहुमत सदस्य उपस्थिति रहनुले सरकारसँग बहुमत रहेको दावी गरेका थिए ।