प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, एमाले संसद एकढिक्का

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित, एमाले संसद एकढिक्का
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर। प्रदेश १ मा सरकारले पेश गरेको आगामी सरकारको आगामी नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेशसभामा एमाले एकढिक्का भएपछि सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

९३ सदस्य रहेको प्रदेश१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन्। जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले धारणा राखेर आइतबार मुख्यमन्त्री राईले जवाफ दिएसँगै पारित भएको हो।

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले नीति कार्यक्रममा संशोधन प्रस्ताव राखेको थिए। जसपाले राखेको प्रस्ताव फिर्ता लिएका लिएका थिए भने कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्ताव अस्वीकृत भएक थियो।

मुख्यमन्त्री राईले भने- प्रदेश १ का सबै जिल्लामा एकिकृत कार्यालय स्थापना हुन्छ

मुख्यमन्त्री शेरधन राईले प्रदेशका सबै जिल्लामा एकिकृत कार्यालय स्थापना गरेर सरकारको सेवा दिने बताएका छन्। विकास निर्माणका साना योजनाका लागि प्रदेश राजधानी आइरहनु पर्ने बाध्यतालाई काम गर्न एकिकृत कार्यालय स्थापना गरिने मुख्यमन्त्री राईले बताए।

खुवालुङ’ ढुंगा मात्र हैन, संरक्षण गरिन्छ, फुटाउने छैनौं

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ ढं‌गा फुटाउने कुनै योजना र छलफल नभएको बताएका छन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै मुख्यमन्त्री राईले भने,” किराती पहिचान र मुन्धुमसँग जोडिने ‘खुवालुङ’ ढुंगा मात्रै हैन। यो किरातीको पहिचान र सभ्यतासँग जोडिन्छ। त्यसैले ‘खुवालुङ’को संरक्षणा गरिन्छ, फुटाउने छैनौं।” ‘खुवालुङ’ संरक्षणका लागि जलमार्गको रुट परिवर्तन गरिसकेको उनले बताए।

दीर्घकालिन आम्दानी स्रोतका घरेलु मदिराको ‘ब्राण्डीङ’ गर्नु पर्छ

मुख्यमन्त्री राईले घरेलु मदिरालाई व्यवस्थित गर्न ‘ब्राण्डीङ’ गर्ने सरकारको नीति रहेको बताएका छन्। आर्थिक समृद्धिसँग जोडिने घरेलु मदिरालाई ‘ब्राण्डीङ’ गर्दा दीर्घकालिन आम्दानी स्रोत बन्न सक्ने उनले बताए। प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले भने, “विदेशी रक्सीलाई मिठो मानेर खाने तर हाम्रो गाउँघरमा बन्ने अर्गानिक मदिरालाई ‘ब्राण्डीङ’ गर्ने नीतिलाई विरोध गर्नु राम्रो होइन।”