मुख्यमन्त्री राई भन्छन- धनकुटामा शिक्षण अस्पताल बनाउने योजना छ

मुख्यमन्त्री राई भन्छन- धनकुटामा शिक्षण अस्पताल बनाउने योजना छ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धनकुटामा शिक्षण अस्पताल बनाउने योजना निरन्तर रहेको बताए। गएको वर्ष नै योजना र बजेट स्वीकृत गरेका थियौं। तर जग्गाको व्यवस्थापन र केही मापदण्ड नपुग्दा कार्यान्वयन गर्न सकेनौ। प्रक्रिया पुग्ने वित्तकै शिक्षण अस्पताल बनाउने कार्य थलानी हुने उनले बताए।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालको जवाफ दिँदै उनले भने,” अस्पतालको मागदण्ड पुर्‍याउनकै लागि आगामी वर्ष एकसय बेडको पुर्वाधार तयार गर्न योजना र बजेट राखेको छौं।”