प्रदेश २ सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

काठमाडौं। प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मतले पारित भएको छ।
प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बोल्दै प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सांसदहरुले राखेका सुझावलाई नीति तथा कार्यक्रममा समावेस गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सर्वसम्मत पारित भएको हो। बैठकमा राखिएका ३ वटा संशोधनका प्रस्ताव संसदहरुले फिर्ता गरेका थिए।
मुख्यमन्त्री राउत भने – सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउछु
मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभै छलफलको दस्तावेज हो। यसलाई सुधार र थपघट गर्न सकिने भएकाले सांसदको सुझाव समावेस हुने उनले बताए।
नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै मुख्यमन्त्री राउतले भने,” प्रदेश २ लाई समृद्ध बनाउनको लागि आएको सुझावलाई सम्मान गरिने छ।”

प्रतिकृया दिनुहोस्