प्रदेश २ को आगामी आर्थिक बर्ष बजेट ३३ अर्ब ७९ करोड १४ लाख

प्रदेश २ को आगामी आर्थिक बर्ष बजेट ३३ अर्ब ७९ करोड १४ लाख
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनुषा। प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७८/७९ को लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ।

बजेटको ५३.४४ प्रतिशत अर्थात १८ अर्ब ५ करोड ८० लाख ८३ हजार पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६.२६ प्रतिशत रहेको छ। वित्तिय व्यवस्था तर्फ १० करोड बजेट विनियोजन गरेको र्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बजेट बक्तव्यमा बताएका छन्।

प्रदेश २ को आर्थिक बृद्धिदर ३.५२ प्रतिसत हुने अनुमान

प्रदेश २ को चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर ३.५२ प्रतिसत हुने अनुमान रहेको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सरकारको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यो जानकारी दिएको छ। आर्थिक बृद्धिमा कोभिड-१९ को महामारी मुख्य चुनौती रहेको बताइएको छ।

कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन

आगामी आर्थिक बर्षमा कोभिड नियन्त्रण र रोकथामको लागि ७५ करोड बजेट विनियोजन गरेको छ। सबै अस्पतालमा कोभिड-१९ को उपचार र संक्रमण रोकथाम गर्नको लागि यो रकम विनियोजन गरेको हो। अस्पतालमा आइसीयु, अक्सिजन प्लान्ट र औषधि खरिद गर्न यो बजेट खर्च गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड

काठमाडौ। प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाको पूर्वाधार निर्माणको लागि १६ करोड विनियोजन गरेको छ। यसबाट जिल्ला र स्थानीय तहमा रहेका अस्पतालहरुको पूर्वाधार निर्माण गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।

युवाहरुलाई स्वरोजगार र उद्येमसीलताका लागि ४३ करोड

कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएका युवाहरुका लागि १५ करोड बजेट विनियोजन गरेको छ। युवाहरुलाई स्वरोजगार बनाउन यो रकम खर्च गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए। उद्येमसीलतामार्फत रोजगारी सिर्जना गर्न २८ करोड बजेट विनियोजन गरेको छ।

भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट

प्रदेशको भाषा, कला,संस्कृति संरक्षण र प्रवर्द्धनका लागि १६ करोड बजेट विनियोजन गरेको छ। यो बजेटबाट मौलिक भाषा, कला,संस्कृति संग्राहलय निर्माण, प्रवर्द्धन र वाद्यवादन खरिद गरिने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले जानकारी दिए।

सामुदायिक विद्यालयमा शैक्षिक पुर्वाधार र खेलमैदान निर्माण गर्न ३२ करोड बजेट

सबै जिल्लामा नमुना सामुदायिक विद्यालय स्थापना र सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि २४ करोड बजेट विनियोजन गरेको छ। सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्न ८ करोड बजे६ विनियोजन गरेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेशसभा बैठकमा जानकारी दिए।