January 21, 2022, Friday
२०७८ माघ ७, शुक्रबार

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको जानकारी दिए ।

स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ । गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरिएको थियो ।